पोखरामा एक दिवसीय सेभेन ए साइड हक्की प्रतियोगिता हुने भएको छ । पोखरा हक्की क्लवको आयोजनामा पोखरा रंगशालामा भोली एक दिवसीय प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक पोखरा हक्की क्लवको तिन टिमसहित घारीपाटन हक्की क्लब, भेट्रान्स हक्की क्लब र भिन्तुना हक्की क्लवको सहभागिता रहने छ ।

आयोजकको टिममा भने दुई वटा महिला टिमको सहभागिता रहने छ । महिला टिमसमेत पुरुष टिमसँग भिड्नेछन । लिग कम नक आउटका आधारमा खेलाइने उक्त प्रतियोगिताबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गरिने भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता टिम तथा खेलाडीलाई कप, मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक राजन श्रेष्ठले बताए । हक्की खेलाडी हित गुरुङले कोरोना पश्चात खेलाडीलाई सानो भएपनि प्रतियोगिता गरेर खेलमा फर्काउने प्रयास गरिएको बताए ।
उनले नवौ खेलकुदलाई समेत ध्यान गर्दै एक दिने प्रतियोगिताको आयोजना गरिएको बताए ।






























प्रतिक्रिया लेख्नुहोस्:-