पर्वत १४ असोज । कुश्मा नगरपालिका ४ ओमशान्ती टोल बस्ने पबित्रा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा मोदी गाउँपालिका ५ बाझुङ बस्ने ४२ वर्षीय हरि बहादुर खत्री सहित ७ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगद ४६ हजार १ सय ३० रुपैयाँ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला प्रशासन कार्यालय पर्वतबाट १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८






























प्रतिक्रिया लेख्नुहोस्:-