पोखरा,१४ असोज–हेम्जामा पहिलो पटक ५ ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । पोखरा २५ हेम्जामा सञ्चालनमा आएको विच फुटबलमा पहिलो पटक प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता संयोजक रोशन केसीका अनुसार एकै पटक ३ फरक प्रतियोगिता हुदैँछ । यु–१४, खुल्ला र ३५ वर्षमाथि उमेर समूहका खेलाडीबिच खेल हुने केसीले जानकारी दिए ।
प्रतियोगिता आगामी असोज २१ देखि २६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागितामा टिम दर्ता गराउने अन्तिम दिन भने असोज २० गतेसम्म रहेको उनले बताए ।
प्रतियोगिता अन्तरगत यु १४ प्रतियोगितामा सहभागिताका लागि जन्मदर्ता अनिवार्य गरिएको छ । यु १४ का लागि २०६४ असोज २० गतेभन्दा अघि जन्मेको हुनेपर्नेछ ।
प्रतियोगिताको विजेताले नगद १२ हजार रुपैँया तथा उपविजेताले ६ हजार रुपँैया प्राप्त गर्नेछन् । यस्तै खुुल्ला प्रतियोगिताको विजेताले ३५ हजार र उपविजेताले २० हजार रुपैँया प्राप्त गर्नेछन् ।
३५ वर्षमाथि भेट्रान्स प्रतियोगिताका विजेताले २० हजार तथा उपविजेताले १२ हजार रुपैँया प्राप्त गर्ने संयोजक रोशन केसीले जानकारी दिए ।






























प्रतिक्रिया लेख्नुहोस्:-