एजेन्सी । अफगानिस्तानमा तालिबान सरकारले दाह्री काट्न प्रतिबन्ध लगाएको छ।
दाह्री काट्ने वा मिलाउने कुराले इस्लामको नियम उल्लंघन भएको भन्दै तालिबानले हेलमन्ड प्रान्तमा यसमा बन्देज लगाएको हो। अटेर गरी दाह्री काटेमा सजाय दिइने चेतावनी पनि तालिबानले दिएको छ।
बीबीसीका अनुसार राजधानी काबुलका सैलुन सञ्चालकले पनि आफूहरूलाई त्यस्तै निर्देशन आएको बताएका छन्। योसँगै तालिबानको शासन पहिलेको जस्तै कडा हुने संकेत दिएको छ। २० वर्षअघि सत्तामा हुँदा पनि तालिबानको शासन निकै क्रूर रहेको भुक्तभोगी बताउँछन्।
शनिवार मात्र तालिबाले अपहरण आरोपमा पक्राउ गरेका चार जनालाई मारेर सार्वजनिक स्थानमा झुन्ड्याएका थिए। गत अगस्ट १५ मा राजधानी काबुल कब्जा गर्दै अफगानिस्तानको सत्ता हातमा लिएको तालिबानले शरिया कानुनअनुसारको शासन हुने भन्दै महिलालाई बुर्का लगाउन, स्कुल र कलेजमा पुरुषभन्दा अलग्गै बस्नजस्ता नियम पनि यसअघि नै लागू गरिसकेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-