२०८३ कार्तिक १३, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोरोनाले पर्यटन व्यवसायी पलायन, छैनन् कामदार

गण्डकी प्रेस
अशोज ९, २०७८ २०:३२ मा प्रकाशित
अर्थ, पर्यटन, प्रमुख समाचार, समाचार
कोरोनाले पर्यटन व्यवसायी पलायन, छैनन् कामदार
59
SHARES
Share on FacebookShare on Twitter


पोखरा, ९ असोज । कोरोना महामारीले १८ महिना बिथोलिएपछि अहिले लेकसाइडका होटल तथा रेष्टुरेन्टहरु विस्तारै खोलिदै छन् । बाहिरी पर्यटकको चहल पहल नभएपनि आन्तरिक पर्यटकको केहीमात्रामा चहलपहल सुरु भइरहेको छ ।

दशै तिहारको समय भनेको लेकसाइडका लागि व्यवसायीक सिजनको समय हो । सिजनको समय भएपनि १८ महिनामा लेकसाइडका एक सय रेष्टुरेन्ट व्यवसायीहरु पलायन भइसकेका छन् ।

गण्डकी प्रदेशको राजधानी पोखराको मुख्य व्यवसाय नै पर्यटन हो । तर, कोरोना भाइरसले पर्यटनमा नै असर गरेपछि यतिबेला भएकाहरु समेत मारमा परिरहेका छन् ।

पर्यटन व्यवसायीहरु एकातिर व्यवसाय नचलेका कारण मारमा परेका छन् भने अर्का तिर बैंकको ब्याजले समेत मारमा परिरहेका छन् । पर्यटन व्यवसायी भने अब व्यवसाय तंग्रिदै जानेमा आशावादी देखिन्छन् ।

पोखरका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरु पर्यटकलाई सहुलियत सहितको सेवा दिन समेत तयार भइरहेका छन् । रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) का अध्यक्ष लक्ष्मण बरालका अनुसार १ सय व्यवसायी पूर्ण रुपमा व्यवसायबाट पलायन भइसकेका छन् ।

‘हामी १८ महिना यसै थलियौँ । उक्त समयमा जेनतेन ६ महिनामात्रै केही व्यसायीले सेवा दिन सके । अब भनेको हामी पुनः व्यसायमा फर्किन चाहान्छौं’ उनले भने,‘संघीय मन्त्री परिषद् नबन्दासमेत हामीलाई निकै समस्या परिरहेको छ ।

विभागिय मन्त्री छैनन् । देशमा पर्यटन आउनलाई सुरक्षित वातावरण देखिदैँन् ।’ यस्तै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी बहादुर भट्टराइले कोरोनाले परिस्थिति भिन्न बनाएको बताए । अब एउटामात्र व्यवयासलाई नभई समग्र व्यवसायलाई नै राहत पुग्ने गरी पर्यटन क्षेत्र पूर्णरुपमा खुलस्त गर्नुपर्ने बताए ।

उनी भन्छन्,‘ अब पर्यटन खुल्ला गर्नका लागि विभिन्न गतिविधि गर्नुपर्ने छ । पदयात्रा त खोलियो अब आउने विदेशी पर्यटकका लागि समेत सहज वातावरण हुनुपर्छ ।’ अर्को तर्फ तत्काल आन्तरिक पर्यटनमा जोड् दिनुपर्ने उहाँको भनाइ छ ।

कोरोनाले धेरै व्यवसायी पलायत भइसकेको अवस्था छ । भएका व्यवसायीलाई जिवन्त राख्नलाई समेत पुर्ण रुपमा खुल्ला हनुुपर्ने देखिएको छ । यतिमात्र होइन् ।

रेष्टुरेन्ट तथा होटलमा काम गर्ने कर्मचारीदेखि कुक सम्म पलायन भइसकेका छन् । अहिले पोखरामा रेष्टुरेन्ट व्यवसायीले आम्दानी त गर्न सकेनन् भएका कर्मचारीलाई समेत राख्न सकेनन् ।

व्यवसाय नै धरापमा परेपछि कामदारले समेत अर्कै बाटो अगाली सकेका छन् । कोही कृषितिर लागेका छन् त कोही विदेशीएका छन् । यस्तै व्यसायबाट पोखरा बाटुलेचौर बस्ने कुुमार परियारपनि विदेशीने अवस्थामा पुग्नु भएको छ ।

पोखरा कुकको काम गर्ने उहाँ अहिले साउदी जाने तरखर गरेका छन् । साउदीको एक होटलमा कुकमै जान लाग्नु भएको उनी भिषा कहिले आउँछ भनेर पर्खिरहेका छन् । ‘सद्यैँ लकडाउ, कोरोना भनेर के गर्ने खान बस्न नै धौधौ भइसक्यो ।

अब यहाँ काम गरेर हुदैँन ऋण तिर्नका लागि भएपनि विदेश जान परेको छ’ उनले भने । यी त एक उदाहरणमात्र हो यस्तै कयौँ युवा पलायन भइसकेको अवस्था छ ।

सम्बन्धित समाचार

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ
अपराध

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ
अपराध

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती
प्रमुख समाचार

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर
अपराध

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे
प्रमुख समाचार

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

चर्चित खबरहरु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै