घरेलु टोली सविन मेमोरियल राष्ट्रिय फुटसल ए डिभिजन लिगको शिर्ष स्थानमा उक्लिएको छ । पोखरा रंगशाला स्थित बहुउदेश्यीय कभर्ड हलमा भएको खेलमा झरना स्पोट्र्स क्लबलाई ७–१ को फराकिलो गोल अन्तरले पाखा लगाउँदै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
सविनको ४ खेलबाट ९ अंक रहेको छ । गोल आधारमा शिर्षस्थानमा रहेको द राइजिङ क्लबलाई पछि पारेको हो । पोखराकै अर्को क्लब स्पोट्र्स क्यासल भने तालिकाको तेस्रो स्थानमा रहेको छ । सविनको जितमा अभिनाष तामाङले ह्याट्रिक गरे ।
उनी खेलको म्यान अफ दि म्याच घोषित हुदैँ नगद पाचँ हजार रुपैँयाको साथमा ट्रफि हात पारे । मनिष सेडिले २ तथा सुनिल विकले १ गोल गरे ।
झरनाका लागि जितेश गुरुङले १ गोल गरे । शुक्रबार नै सम्पन्न अर्को खेलमा तालिकाको शिर्ष स्थानमा रहेको राइजिङले पहिलो हार व्यहोरेको छ । राइजिङलाई शंखमुल फुटसलले ५–२ गोल अन्तरले हराएको हो ।
शंखमुलको जितमा क्रिजल खड्काले २ तथा उर्ज सिंह, मणि लामा र सुशान श्रेष्ठले १–१ गोल गरे । राइजिङका लागि नगेन राइ र सुदिप गुरुङले गोल गरे । उता ढुकु फुटसल हब र प्रभातफेरी बिचको खेल ४–४ गोलको बराबीमा रोकिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-