काठमाडौं ७ असोज। काठमाडौंको ठमेलमा एक जर्मन नागरिक मृत फेला घटनाको नेपाल प्रहरीले अनुसंधान अघि बढाएको छ । उक्त घटनाको संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ। ठमेलको बिहानी होटलको कोठामा बसेका जर्मन नागरिक ४० वर्षीय डेभिड मिट ज्याक्याटलाई बिहिबार बिहान मृत भेटिएका थिए ।
बिहान उनको कोठाको ढोका होटलले प्रहरी बोलाइ ढोका खोल्दा मृत फेला परेका हुन्। अनुसन्धान लागि तीन जना नियन्त्रणमा लिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-