पोखरा महानगरपालिका १ बाट कृष्ण जिसी अपहरणमा परेको शंका परिवारले गरेका छन् ।
बगरमा फ्रेस हाउस संचालन गर्दै आएका हरी जिसीका छोरा कृष्ण जिसी विहानदेखि नै हराएका कारण अपहरणमा परेको शंका परिवारले गरेका हुन् ।
पारिवारिक स्रोतका अनुसार घटनामा संलग्न रहेको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान समेत अघि बढाइएको छ । कृष्ण विहान करिब ९ बजेको समयमा हराएको र अहिलेसम्म पनि सम्पर्कमा नआएको लोक जिसीले जानकारी दिए ।
लोक कृष्णका काका हुन् । उता जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले भने अपहरणमा परेको भनेर पुष्टि भइनसकेको बताए । यो समाचार तयार पार्दासम्म कृष्णको कुनै जानकारी भने आएको छैन् ।



























प्रतिक्रिया लेख्नुहोस्:-