काठमाडौं ६ असोज । पछिल्लो २४ घण्टामा १५ हजार २४३ जनाको कोभिड १९ परीक्षण गर्दा १ हजार २३९ जनामा संक्रमण देखिएको छ। यस्तै, १ हजार ३२४ जनाको संक्रमण मुक्त भएका छन्।
आजसम्म देशभर सक्रिय कोरोना संक्रमितको संख्या २० हजार ७४३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
संक्रमणका कारण थप १३ जनाको मृत्यु हुँदा कूल मृतकको संख्या ११ हजार ७२ पुगेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-