पोखरा १८ खपौदी स्थित जलारी समुदायको फेवा हर्पन मत्सय सहकारी संस्थाको ११ औ साधरण सभा तथा ७ औ अधिबेशनबाट अध्यक्ष ईन्द्र बहादुर जलारी, उपाध्यक्ष कृतिमान जलारी, सचिव सुर्य जलारी, र कोषाध्यक्ष सुब्बा जलारी सहित ९ सदस्य नँया कार्यसमिति गठन भएको छ ।
नेपाली कांग्रेसका युवा नेता सुर्य बहादुर खडकाले असल ऋणी र उत्कृष्ट बचत गर्ने सदस्यलाई खादा ओढाएर सम्मान गर्दै यस सहकारी संस्थाको दिगो बिकास र उन्न्तिका लागि आफु र आफ्नो पार्टी सधै सगै हुने कुरा बताए । कार्यक्रममा केएम सि कास्कीका सचिव एवं पृथ्वी सहकारीका प्रबन्धक मोहन प्रसाद अधिकारी, संस्थाको निबर्तमान अध्यक्ष ज्ञान बहादुर जलारी र रामचन्द्र जलारीले अतिथिको रुपमा मन्तब्य राखेका थिए । नव निर्वाचित अध्यक्ष ईन्द्र बहादुर जलारी १८ बुदे भावी कार्ययोजना सहित आफुलाई दोस्रो कार्यकालको लागि पुर्न अध्यक्षको जिम्मेवारी प्रदान गरेकोमा सम्पुर्णलाई धन्यवाद सहित आफु अझै जुझारु र सक्रिय भएर संस्थाको हक हितका लाग्ने बताए । संस्थाका सचिव सुर्य जलारीले कार्यक्रम सचांलन गरेका थिए ।



























प्रतिक्रिया लेख्नुहोस्:-