पोखरा २ असोज । पोखरा १८ बाट पुर्ब जनप्रतिनिधि रामचन्द्र जलारी सहित सुरेश थापा विरेन्द्रकुमार विष्ट, भूपेन्द्र केएल, अर्जुन पौडेल, कुलप्रसाद तिमील्सिना, सुब्बा जलारी,यमनाथ तिमिल्सिना,भोला बिक, लक्षुमण थापा र रबि जि.सि लगायत ७७ जना छन् भने पोखरा ५ बाट कविन्द्र गिरी, हेमन्त गुरुङ, सन्तोष तामाङ, सागरनन्द गिरी, सञ्जय दर्जी, लगायत १९ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
जलारी बस्तीमा रहेका १५० घरपरिवार मध्ये अधिकांश सदस्य काँग्रेस प्रवेश गरेको हुन । केही दिन पहिले र आज कास्की काँग्रेसमा कार्यक्रम गरी उनीहरुलाई सदस्यता वितरणसहित स्वागत गरिएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । नेपाली काँग्रेस नै जनताको पार्टी भन्दै उनले काँग्रेस प्रवेश गरे ।
यस महत्वपुर्ण कार्यकर्मको संयोजन युवा नेता सुर्य ब।खडकाले गर्नु भएको थियो साथै नेता शुक्रराज शर्मा, कास्की सभापति कृष्ण केसी, उपसभापति आइ बहादुर गुरुङ, सचिव देवेन्द्र रानाभाट, पोखरा महानगर सभापति बजिरमान श्रेष्ठले उजलाई उहाँहरुलाई पार्टी प्रवेश गराए हो ।
कार्यक्रममा नेता शुक्रराज शर्माले प्रजातन्त्रको जगमा उभिएकाले काँग्रेसले मात्रै सबैको सम्मान गर्ने बताए । कास्की काँग्रेस सभापति कृष्ण केसीले उत्साहपूर्वक काँग्रेस प्रवेश गर्नुहुनेलाई निराश नबनाउने उल्लेख गरे ।
नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं १८ का सभापति शिव तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य कृष्ण तिमिल्सिना, आमन्त्रित जिल्ला सदस्य आश बहादुर गुरुङ, नेतृ माया बराल, नेता सूर्य बहादुर खड्का, इकाइ उपसभापति नारायण खड्का ले मन्तब्य राखेका थिए भने सचिव डिल्लीराम तिमिल्सिनाले कार्यकर्म संन्चालन गरे ।



























प्रतिक्रिया लेख्नुहोस्:-