पोखरा १७ मा अवस्थित बेलघारी युवा संजालले समिति पुनर्गठन गरेको छ आज पोखरा छोरेपाटन १७ बेलघारी बहुउद्देश्यीय भवनमाउपस्थित एक भेलाले समिति पुनर्गठन गरेको हो ।
पुनर्गठित समितिको अध्यक्षमा कृस्न बहादुर खत्री, उपाध्यक्ष ओम सागर श्रेष्ठ, सचिब ओम अधिकारि ,सह सचिव कृति थापा कोषाध्यक्ष सिजन राज महत रहेका छन् ।
त्यस्तै , सदस्यमा सन्जिब गिरि कमला थापा, नबराज सुवेदी, बिजय पराजुली, कृस्न आले, समिक्षा राना, विशाल कोइराला, रजनी शाही र कृस्न गिरि रहेका छन् ।
सो कार्यक्रमको प्रमुख अतिथी छोरेपाटन मा वि का ब्यवस्थापन समितिका अध्यक्ष झपिन्द्र राज रेग्मीले आफ्ना भनाइ राख्दै पढाइ र घर ब्यवहार साथै समाजिक सेवामा लागि श्रमदानमा लाग्नपर्ने र एक अर्का लाई होच्याउने कुरा काटने हेपहा प्रवृत्ति जस्ता व्यवहारलाई त्याग्नुपर्ने बताए ।
त्यस्तै सोहि कार्यक्रमका विशेष अतिथी नारी उत्थान दिदी बहिनी समूहकी अध्यक्ष सरिता घिमिरेले आफ्ना छोराछोरीलाई समाजिक सेवामा आबद्ध हुन सिकायौं भने आगामी दिनमा यिनैले देश बिकासका लागि भुमिका खेल्न सक्ने बताइन ।
त्यसैगरी आफ्ना भनाइ राख्दै डेभिड फल क्लबका महासचिव दिपक सुबेदिले युवाहरु बिदेशीने भएकाले सन्जाल हरु ओझेलमा परेको बताए ।
त्यस्तै आफ्ना भनाइ राख्दै बेलघारी टोल बिकास संस्थाका अध्यक्ष बेद प्रसाद सुवेदी ले युवाहरु हरेक कार्यक्रममा सहभागी हुनुपर्ने बताए ।
कोरोना कहरकै बीच सुरक्षाका मापदण्ड अपनाई सम्पन्न उक्त कार्यक्रममा भवनका संरक्षक धन बहादुर भुजेल, गोपाल अधिकारी, इन्द्र खत्री, नारी उत्थान दिदी बहिनी समूहका सचिब बिमला भुजेल , शुभ थापा लगायत बेलघारी बासि युवाहरुको उपस्थिति रहेको थियो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-