काठमाडौ २७ भदौ अर्थमन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहनु भएका अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी का उपाध्यक्ष फतिमा सुमारले शनिबार भेटवार्ता गरेका छन् ।
उक्त भेटमा अर्थमन्त्रीले एमसीसीको विषय राजनीतिकस्तरमा छलफल भइरहेको उल्लेख गरे । सो अवसरमा उपाध्यक्ष सुमारले कम्प्याक्टलाई शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेकी थिइन । एमसीसी सहयोगबाट ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र दाङको भालुवाङदेखि शिवखोलासम्मको ७७ किलोमिटर सडक पूर्वाधार निर्माण हुनेछ । ती परियोजनाका लागि ५० अर्ब बराबर लगानी हुनेछ । नेपाल सरकारको तर्फबाट १३ अर्ब लगानी हुनेछ ।



























प्रतिक्रिया लेख्नुहोस्:-