पोखरा २५ साउन । इलाका प्रहरी कार्यालय शिशुवा मुकाम डाँडाको नाकले स्याङ्जाका कृष्णराज पौडेल शुक्रबार पक्राउ गरेको छ ।
चैत्र,वैशा, जेठबाट पौडेलले साउनसम्म जागिर लगाइदिने भन्दै पैसा उठाएको तर जागिर नलगाइदिएको आरोपमा प्रहरीले शुक्रबार लेखनाथबाट पैडेललाई पक्राउ गरेको हो । पोखरा औद्योगिक क्षेत्रमा फुड्स र जुत्ता कम्पनीमा जागिर लगाइदिने भन्दै उनले पैसा उठाएका थिए ।
फुड्स एउटामा १६ सय जना र जुत्ता कम्पनी १८ सय जना एउटालाई जागिर लगाउने भन्दै प्रतिव्यक्ति २हजार ५ सय रुपैयाँ उठाएको पिडितले प्रहरीलाई बयान दिएका छन् ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-