काठमाडौं ८ भदौ । बाँके, नेपालगंज उपमहानगरपालिका ४ बसपार्कस्थित सडकबाट १ हजार ५ सय १५ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राजेपाम सहित हुम्ला नाम्खा गाउँपालिका १ घर भएकी ३९ वर्षीया खण्डु तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
बर्दिया, गुलरिया नगरपालिका ५ शहिद गेटबाट २७ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही नगरपालिका २ बस्ने ३५ वर्षीय अकलेश यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बा.८५ प ९८२८ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका ३१ बानेश्वरर शान्तिनगरस्थित मिलिजुली चोक डेरा गरी बस्ने सर्लाही कर्मैया नगरपालिका ७ घर भएका ३४ वर्षीय सुनिल बानियाँको कोठाबाट नियन्त्रित लागूऔषध १ सय ५० ट्याब्लेट नाईट्राभेट, ११ बोत्तल डाइलेक्स डिसी, ५० ग्राम अवैध लागूऔषध गाँजा, १ लाख ३० हजार नेपाली रुपैयाँ, २ हजार ५ सय भारतीय रुपैयाँ, ३९ अमेरिकी डलर, १० क्यानेडियन डलर र १० मलेसियन रिङगेट सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो । हाल फरार बानियाँको प्रहरीले खोजी गरिरहेको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-