काठमाडौं ८ भदौ । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभाग भन्दा केही दक्षिणतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका कारण मंगलबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहि प्रदेश नं १, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरूमा तथा अन्य प्रदेशहरूका थोरै स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।
यस्तै मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले प्रकाशित गरेको बुलेटिन अनुसार बागमती प्रदेश ,गण्डकी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।


























प्रतिक्रिया लेख्नुहोस्:-