काठमाडाैँ, रुरु जलविद्युत परियोजना लिमिटेडले दुई आर्थिक वर्षका बम्पर लाभांश घोषणा गरेको छ।
कम्पनीको भदौ १ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीले चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको उक्त प्रस्तावित लाभांश आगामी १५ औँ र १६ औँ वार्षिक साधारण सभाबाट पारित गरेपछि वितरण गरिनेछ छ ।
कम्पनीले गत चैत २० गतेदेखि चैत २४ गतेसम्म १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो।




























प्रतिक्रिया लेख्नुहोस्:-