काठमाडौं ३१ साउन । काठमाडौं महानगरपालिका १६ बालाजुबाट संरक्षित वन्यजन्तु सालकको १ केजी ५ सय ग्राम खपटा सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर बकैया गाँउपालिका २ बस्ने ३६ वर्षीय कान्छालाल मोक्तान र सोही ठाउँ बस्ने ४० वर्षीय धन बहादुर योञ्जन रहेका छन् । संरक्षित वन्यजन्तु सालकको खपटा अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्री उय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त खपटा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं बुझाईएको उक्त व्यूरोले जनाएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८


























प्रतिक्रिया लेख्नुहोस्:-