पोखरा २७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघको स्थापना दिवसको अवसरमा पोखरामा २ पत्रकार पुरस्कृत भएका छन् । फोनिजको २२ औं स्थापना दिवसको अवसरमा फोनिज गण्डकी प्रदेशको आयोजनामा मंगलबार पोखरामा आयोजित कार्यक्रममा पोखराकी पत्रकार शान्ति गुरुङ र नवलपुरका पत्रकार केबी राना मगर ‘कञ्चन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, मुख्यमन्त्रीका राजनीतिक सल्लाकार खडकबहादुर कुमाल, पुरस्कारदाता बिमलमान गुभाजु, फोनिज गण्डकी प्रदेश अध्यक्ष एमबीआस्था लगायतले नगद २५/२५ हजार सहित दोषल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । आदिवासी जनजातिको भाषा, कला र संस्कृतिको क्षेत्रमा कलम चलाए बापत पुरस्कृत गरिएको फोनिज गण्डकी प्रदेशले जनाएको छ ।
सम्मानित गुरुङ लामो समयदेखि रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र पोखरमा कार्यरत छिन् । उनी पत्रकारिता सँगै गायन क्षेत्रमा पनि सक्रिय छिन् । सामाजिक भावनाकी गुरुङ विभिन्न संघ संस्थामा विभिन्न पदमा रहेर काम गरिरहेकी छिन् । नवलपुरका रानासँग रेडियो नेपाल, कान्तिपुर टिभी, नागरिक दैनिक लगायत दर्जनौ मिडिया हाउसमा कार्य अनुभव छ । मध्य नेपालमै पहिलो स्थानीय टेलिभिजन देवचुली टेलिभिजनको संस्थापक, सामुदायिक रेडियो मध्यविन्दु एफएमको संस्थापक तथा स्टेशन संयोजक तथा सल्लाहकार लगायत धेरै सामाजिक संस्थामा विभिन्न पदमा रहेका काम गरिरहेका छन् ।
सम्मानित भएपछि पत्रकारद्वय गुरुङ र रानाले पुरस्कारले पत्रकारिताको क्षेत्रमा कलमचलाई रहन थप हौसला प्रदान गरेको बताए । साथै उनीहरुले जीवन पर्यन्त कलम चलाईरहने बाचासमेत गरे । रानाले पुरस्कार वापत पाएको २५ हजार माउती नै रकम थपेर आफ्नी ५ महिने छोरीको सम्झनामा कोरोनाबाट ज्यान गुमाएका तथा पिडित बालबालिका तथा परिवारलाई सहयोग गर्ने घोषणा पनि गरेका थिए ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-