काठमाडौं – बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्नका लागि बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।

आज बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा बरुण हाइड्रोपावरका तर्फबाट सञ्चालक कृष्णलाल श्रेष्ठ र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।
आरबीबी मर्चेन्ट राष्ट्रिय वाणिज्य बैंकको पूर्णस्वामित्व रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर हो।
प्रतिक्रिया लेख्नुहोस्:-