पोखरा २२ साउन । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १५ लाख ७५ हजार मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिका ३२ का रामकृष्ण भुजेलको मृत्यु पश्चात् कम्पनीको नियम अनुरुप सो दावी भुक्तानी रकम बिमितको इच्छाइएको व्यक्ति धर्मपत्नी श्रीमती सरु भुजेललाई हस्तान्तरण गरेको हो ।

पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की रकम हसतान्त्रण गदै अभिभावक नभएकाको लागि वडाले पनि संरक्षण गर्ने बताए । उनले अभिवावक नभएका बालकालिकालागि वडाले निशुल्क पढाउने व्यवस्था गरेको बताए ।
वडा सदस्य धर्मबहादुर बस्नेत, कम्पनीका गण्डकी प्रदेश प्रमुख चिरञ्जीवी पौडेल, समाजसेवी दुर्गालाल पण्डित, एजेन्सी म्यानेजर बुद्धराज मल्ल, एजेन्सी म्यानेजर आदर्श पोख्रेल, मृतक भुजेलको श्रीमती सरु भुजेल लगायतले कार्याक्रममा बोलेका थिए ।
रामकृष्ण भुजेलको चैत ११ गते दासढुङ्गामा सवारी दुर्घटनामा परि मुत्यु भएको थियो । गत असोजमा भुजेलले छोराको बिमा गराएका थिए । आगामी प्रत्येक महिनामा मार्सिक १५ हजार छोरालाई खर्च कम्पनीले दिने छ । मार्सिक अबधि १४ वर्षमा सकिनेछ । १४ वर्षमा पुन मृतकका परिवारले १५ लाख र बोनस पाउने छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-