तनहुँ २० साउन । तनहुँका विभिन्न स्थानमा करिब ३५ रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रिएका करिब ३ हजार ८० बोट गाँजा सोमबार र मंगलबार प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
बन्दिपुर गाउँपालिका १ सिल्थोक, बरालथोक, तीनधारा,भैसेखार र चेन्चास्थित १३ रोपनी, म्याग्दे गाउँपालिका ७ हर्षपुर र डाँडागाउँमा ३ रोपनी, भानु नगरपालिका ११ खाल्टे रुपाकोटमा १० रोपनी, भिमाद नगरपालिका ७ राजढुङ्गामा २ रोपनी, व्यास नगरपालिका १० कुचेटारमा ४ रोपनी र घिरिङ गाउँपालिका १ अमराईटोलमा ३ रोपनी जग्गामा उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतबाट समेत खटिएको प्रहरी टोलीले स्थानीय व्यक्ति तथा जनप्रतिनिधिको उपस्थितिमा उक्त गाँजाको बोटहरु फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-