पोखरा १६ साउन । ११ औँ वार्षिक साधरण सभा तथा छौंटौ अधिवेशनले नेपाल क्योकुशिन कान कराँते संघमा लक्षुमण कुवरलाई अध्यक्षमा चयन गरेको छ ।
कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव प्रकाश बरालको संयोजकमा बनेको निर्वाचन समितिले उपाध्यक्षमा सरद कार्की र जिवन गुरुङ चयन गरेको छ । चिवमा निर्मल केसी, कोषाध्यक्षमा सुजन आचार्य, सदस्यमा शिवराज आचार्य, सुष्मी श्रेष्ठ, टुकदेवी पुन, नविन मल्ल, सुमन प्रतेल, अर्जुन बराम चयन भएका छन् ।
कार्याक्रममा पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदार, बेलबहादुर थापा, निर्वतमान अध्यक्ष निर्वतमान उपाध्यक्ष सागर गिरी, अध्यक्ष लक्षुमण कुवर, लगायतले कार्याक्रममा भनाइ राखेका थिए । हाल संघमा ५ वटा डोजो गरि ३ सय भन्दा बढी खेलाडी रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-