२०८३ कार्तिक ११, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पर्यटन र कृषि प्रदेश समृद्धिका आधार : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रेस
साउन १२, २०७८ ०५:२६ मा प्रकाशित
पर्यटन, प्रमुख समाचार, समाचार, समाज
पर्यटन र कृषि प्रदेश समृद्धिका आधार : मुख्यमन्त्री पोखरेल
107
SHARES
Share on FacebookShare on Twitter


पोखरा १२ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक भएको भन्दै यसको प्रवद्र्धनका लागि सरकार क्रियाशील हुने बताएका छन् ।
पुम्दीकोट विकास समितिले पोखरा २२ मा बनाउँदै गरेको विशाल महादेव मुर्ति अवलोकनपछि सोमबार उनले पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार भएकाले त्यसै अनुसारको योजना बनाएर अगाडि बढ्ने भनाइ राखे ।

उनले नवलपुरको गजेन्द्रमोक्ष धाम देवघाट, पुम्दीकोट हुँदै मुक्तिनाथसम्मको क्षेत्रलाई धार्मिक करिडोरका रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । जनस्तरबाट सुरु गरेर यति ठूलो लगानीमा काम भएकामा प्रशंसा गर्दै विगतमा वर्षमा जस्तै प्रदेश सरकारको सहयोग निरन्तर रहने उनले बताए । प्रदेश सरकारले यो वर्ष पनि ५० लाख रुपैयाँ पुम्दीकोटका लागि छुट्याएको छ ।
पुम्दीकोट पुग्ने बाटाका बारेमा सम्बोधन गर्दै उनले भने, ‘पुम्दीकोटका महत्वलाई बुझेर क्षमता अनुसार सहयाग साथै आसपासका बाटोका लागि संघ सरसँग समन्वय हामीले गर्ने छौं ।’

अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले पुम्दीकोट पुग्ने बाटो निर्माण प्राथमिकतामा राख्नुपर्ने बताए । धार्मिक पर्यटकीय केन्द्रका रुपमा स्थापित पुम्दीकोटमा मन्दिरका लागि सरकाररले अझै रकम थप्नुपर्ने पनि उनको भनाइ थियो । ‘यो लगानीले रिटर्न दिन्छ, सबै दलहरु यसमा प्रतिबद्ध छन्, राज्यस्तर र जनस्तरबाट लगानी भएको परियोजनालाई सार्थक बनाउने जिम्मा पनि हाम्रै हो ।’ कार्यक्रममा मन्त्रीहरु कुमार खड्का, मेखलाल श्रेष्ठ, बिन्दुकुमार थापा, चन्द्रबहादुर बुढा, दीपक थापा सहभागी थिए । मुख्यमन्त्रीसहित मन्त्री र सांसदको टोलीले मुर्ति निर्माणस्थलको अवलोकन गरेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस सचेतक ओमकला गौतमले पर्यटन प्रवद्र्धनबाटै समृछि सम्भव भएको र धार्मिक केन्द्रहरुको निर्माणले यसमा अझै टेवा पुग्ने बताइन् ।

समितिका अध्यक्ष चन्द्रकान्त बरालले जनस्तरबाट थालेको प्रयासले अहिले विशाल रुप लिएको भन्दै विश्वकै पर्यटकहरु आकर्षण गरिने थलो भएको सरकारीस्तरबाट समेत थप सहयोगको अपेक्षा गरे । पुम्दीकोटलाई शिवधामका रुपमा स्थापित गरी धार्मिक केन्द्रका रुपमा विकास गरेमा स्वभाविक रुपमा आम्दानी बढेर जाने उनको भनाइ थियो ।

कांग्रेस नेता खेमराज पौडेलले पोखरा बजार नजिकै रहेको पवित्रस्थल पुम्दीकोटमा बन्दै गरेको संरचनाले गण्डकी प्रदेशकै मुहार फेर्न विश्वास व्यक्त गरे । वडाध्यक्ष मित्रलाल बरालले पुम्दीकोट पुग्न धेरै सडक भए पनि एउटै पनि पिच नहुँदा समस्या परेको बताए । पुम्दीकोट विकास समिति उपाध्यक्ष हिमलाल बरालले सबैको सहयोगबाट पुम्दीकोट यो अवस्थामा पुगेको भन्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरे ।
समितिका सचिव प्रकाश बरालले पुम्दीकोटको ऐतिहासिक पक्षबारे जानकारी गराउँदै प्रदेश सरकारले यसको स्वामित्व लिएर प्रवद्र्धमा जोड दिन आग्रह गरे ।

आर्किटेक्ट इन्जिनियर बाबुराम बरालले युवा इन्जिनियहरुको साथ लिएर सबै खालका अध्ययनपछि पुम्दीकोटमा यति ठूलो संरचना निर्माण गरिएको बताए उनले भने,‘म आफै इन्जिनियर हो, यसमा धेरै युवा साथीहरुको साथ लिएका छौं, पुम्दीकोटलाई शिवमय, शिवलोक, शिवधामका रुपमा स्थापित गर्न हामी क्रियाशील छौं ।’ प्रविधि नेपालकै भए पनि महादेवको मुर्ति भने भारतबाट मगाउनु परेको उनले बताए ।

भारतको मथुराबाट ल्याइएको मुर्ति रेनफोर्स फाइबरको रहेको र यो कम्तीमा पनि सय वर्ष टिक्ने बताए । आगामी दिनमा पल्तिरको डाँडामा कुमार र पार्वतीको मुर्ति बनाउने लक्ष्य रहेको भन्दै उनले शिव म्युजियम बनाउने लगायतका योजना सार्वजनिक निजी साझेदारीमा गर्न सकिने भनाइ राखे । पुम्दीकोटमा राखिएको महादेवको मुर्ति ५५ फिट अग्लो छ । अध्यक्ष बरालले अहिलेसम्म ७५ प्रतिशत काम सकिएको र २५ प्रतिशत काम पनि छिटै सकिने बताए ।

सम्बन्धित समाचार

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ
अपराध

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ
अपराध

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती
प्रमुख समाचार

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर
अपराध

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे
प्रमुख समाचार

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

चर्चित खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना