काठमाडौं ११ साउन । विश्वमा पछिल्लो २४ घण्टामा थप ४ लाख २१ हजार ४३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १९ करोड ४७ लाख ९५ हजार ५५९ पुगेको छ ।

सबैभन्दा बढी इन्डोनेसियामा ३८ हजार ६७९ जना संक्रमित थपिएका छन् । सोही अवधिमा भारतमा ३८ हजार १५३ र बेलायतमा २९ हजार १७३ जना संक्रमित थपिएका छन् ।
साथै पछिल्लो २४ घण्टामा विश्वमा थप ६ हजार ६३५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१ लाख ७४ हजार ६४३ पुगेका छ ।
पछिल्लो २४ घण्टामा विश्वमा सबैभन्दा बढी इन्डोनेसियामा १ हजार २६६ जनाको मृत्यु भएको छ । सोही अवधिमा भारतमा ४११, ब्राजिलमा ४९९, रुसमा ७७९, कोलम्बियामा ३३० र मेक्सिकोमा ३६२ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-