कराँची । पाकिस्तानको कराँचीमा कोभिड–१९ विरुद्धको खोप नलगाउने नागरिकको मोबाइल सीम ब्लक गरिने भएको छ ।स्थानीय दुनियाँ न्यूजका अनुसार त्यहाँको सिन्ध सरकारले खोप नलगाउनेको मोबाइल सिम बन्द गर्न आग्रह गर्दै नेसनल कमान्ड एन्ड अप्रेसन सेन्टर एनसीओसीलाई शुक्रबार पत्र लेखेको छ ।

चरणबद्धरुपमा खोप नलगाइए सीम बन्द गर्न पत्रमा लेखिएको छ । सिन्धका मुख्यमन्त्री मुरद अली शाहको अध्यक्षतामा बसेको कोभिड संकट रोकथाम कार्यदलको बैठकमा उक्त निर्णय भएको हो ।बैठकका अनुसार पहिलो चरणमा खोप नलगाउनेलाई सामाजिक संजाल र मोबाइलबाट मेसेज पठाइनेछ ।
अनुरोध नमाने दोस्रो चरणमा त्यस्ता व्यक्तिको मोबाइलको सीमलाई निलम्बन गरिने भएको छ ।तेस्रो चरणमा आउटगोइङ कललाई बन्द गरिनेछ भने चौंथो चरणमा सीमलाई नै ब्लक गरिने जनाइएको छ । पछिल्लो समय पाकिस्तानमा धार्मिक कट्टरपन्थी सोच र हल्लाको कारण खोप अ’भियान अगाडि बढाउन चुनौति भैरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-