२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जनयुद्धका योद्धा बराल गण्डकी प्रदेशको अर्थ—मन्त्री

गण्डकी प्रेस
साउन १०, २०७८ १३:०३ मा प्रकाशित
अर्थ, प्रमुख समाचार, राजनिती, समाचार
जनयुद्धका योद्धा बराल गण्डकी प्रदेशको अर्थ—मन्त्री
137
SHARES
Share on FacebookShare on Twitter

पोखरा १०, साउन । सादा जीवन उच्च विचार भएका जनयुद्धका योद्धा रामजी प्रसाद बराल जीवन आफ्नो निरन्तर राजनीतिक लगावका कारण आज गण्डकी प्रदेशको अर्थमन्त्री हुनु भएको छ । बराल वि.स. २०२३ साल साउनको २३ गते कास्कीको पोखरा २२ (पुम्दी—भुम्दी) स्थित डाँडाथोक, लुकुन्स्वाँरा सुगम गाउँमा बुबा सशीधर बराल र आमा धनरुपाको कोखबाट जन्मनु भएको हो ।

२०४२ सालमा तत्कालिन मोटो मशालको विद्यार्थी संगठनमा आवद्ध भई पोखरा २२ पुम्दी भुम्दीको शुक्रराज माविको इकाई कमिटीको अध्यक्ष हुदै कम्यूनिष्ट राजनीतिमा सक्रिय हुदै आउने क्रममा करिब साँढे ३ बर्ष अघि गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएका बराल समय र परिस्थिती बदलिदा प्रदेशको अर्थमन्त्रालयको जिम्मेवार सम्हाल्न पुग्नु भएको छ ।

सवै खाले विभेदका बिरुद्ध खरो रुपमा बिरोध गर्ने स्वभावका बराल शहिद, उनका परिवार र वेपक्ताहरुको बिषयमा सधै चिन्त्ता लिने गर्नु हुन्छ । स्थानिय महेश्वरी प्रा.वि.बाट अध्यय प्रारम्भ गर्नु भएका बराल, शुक्रराज माविबाट ४३ सालमा प्रबेशीका परिक्षा (एसएलसी) दिएपछि कम्युनिष्ट राजनीतिमा अझै सक्रिय हुन थाल्नु भयोे । समाजमा व्याप्त असमनता अन्याय र विभेदले उहाँलाई राजनीतिमा आउन प्रेरणा मिल्यो ।

उहाँले भन्नुभयो “ आज मेरो यो यात्रासम्म आउनमा सवै पार्टीको देन हो, जसरी पार्टी भनेर मैले घर परिवारलाई समेत कुनै समयमा छाडेर परिवर्तनको लागि जनयुद्धमा होमिए । ” जनयुद्धको प्रकृयामा अमरत्व प्राप्त गर्नुहुने महान शहिदहरु वेपत्ता, घाइते, अपाङगहरुका अधुरा सपनाहरु साकार पार्नको निम्ती प्रतिवद्ध भएको उहाँको भनाई रहेको छ ।

२०४७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नु भएका बराल ४८ मा संयुक्त जनमोर्चा नेपाल गाउँ इकाइको अध्यक्ष र ४९ मा जिल्ला सदस्य बन्नु भएको थियो । तत्कालिन अबस्थामा निती र नेतृत्व र जनताको अति आदार गर्ने, डर लाग्ने र निकै अनुशासित हुने संस्कार रहेको पनि उहाँले स्मरण गर्नु भयो । २०५१ मा पार्टीको राष्ट्रिय भेलाले जनयुद्ध शुरु गर्ने र जनमुक्ति सेना निर्माण गर्ने निणर्य ले उहाँलाई असाध्यै खुशी बनायो । तारा अधिकारीले अति गोप्य चिठी जनयुद्ध थालनी गर्ने बिषयको पत्र बराललाई थमाएसंगै उक्त चिठी तिनजनाको बीचमा मात्रै खोल्नु भन्ने निर्देशन सुनाउनु भयो सोही अनुरुप पार्टीको निर्देशन बमोजिम नै उहाँले तिनजनाको बीचमा चिठी खोलेर हेर्नु भयो । चिठीमा जनयुद्ध शुरु भएका पोष्टर र जनयुद्धका लागि तयारी हुन गरिएको अनुरोध उल्लेख थियो । सो चिठीबाट बराल असाध्यै खुशी हुनु भयो । उहाँले भन्नु भयो“ जनयुद्ध शुरु भएको र तयारी हुन अनुरोध गरिएको चिठी पढेपछि ममा खुशीको कुनै सिमै भएन, त्यसपछि मात्रै मलाई पार्टीप्रति विश्वास लाग्यो र मैले मुक्तिको सपना देख्न थालेँ । ”

२०५३ साल साउन ५ गते देखि पार्टीको पूणर्कालिन कार्यकर्ता बन्न तयार हुनु भयो । उहाँले भन्नु भयो “पूणर्कालिन बनेपछि म सायद बाँचेर यहाँसम्म आईपुगिएला भन्ने त कल्पनै थिएन, अहिले पनि युद्धमै छु जस्तो लाग्छ ! तर, यो युद्ध अलि फरक प्रकृतिको छ ।”

२०५३ मा पूणर्कालिन बन्नेबित्तिकै उहाँ तत्कालिन नेकपा (माओवादी) को इलाका सेक्रेटरी र पार्टीको जिल्ला सदस्य हुनु भएको बराल कास्कीमा पार्टीको फौजी र राजनीतिक उपस्थिती जनाउन उहाँले धेरै योजना बनाउनु भयो । कास्कीको माओवादी आन्दोलनलाई उचाईमा पुर्याउन उहाँले कुनै कसुर बाँकी राख्नु भएन, त्यसैले माओवादीभित्र कास्कीमा बढी योगदान गर्ने नेताको रुपमा उहाँ परिचित हुनुहुन्छ । ५७ मा पार्टीले उहाँलाई पर्वत जिल्लाको सेक्रेटरीको जिम्मेवारी दियो, सशक्त उपस्थिती देखाएका बराल ५९ मा फेरि सेक्रेटरी सहित इन्चार्जको जिम्मेवारी लिएर कास्कीमा फर्किनु भयो । तत्कालीन एकिकृत माओबादी पार्टीको पोलीट ब्यूरो सदस्य समेत हुनु भयो । २०७० सालको संविधान सभाको उमेदवारी रहनु भएको थियो भने त्यसै गरी २०७४ सालमा प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भयो । उहाँ हाल माओबादी केन्द्रका संसदीय दलका उपनेता र सार्वजनिक लेखा समितिको सदस्य समेत हुनु हुन्छ ।

कास्कीको निर्वाचन क्षेत्र नं ३ को ‘क’ बाट निर्वाचित भएका बरालको २०७७ जेठ ८ गते बरालको स्वास्थ्यमा ठुलो समस्या आइपर्यो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा फाष्ट्याकबाट इन्टरनल’ हर्नियाको सफल शल्यक्रिया पछि उहाँले आफ्नो जीवनमा दोश्रो जुनी पाएको अनुभव बताउनु भयो । केही बर्ष अघि बरालको आन्द्रामा समस्या आएकोले प्रतिष्ठान हुदै काठमाण्ठौं सहित भारतसम्म उपचार गर्न पुग्नु भएको थियो । जनयुद्ध र जनआन्दोलनको उत्कर्षको वेला २०६२ कार्तिकमा उहाँको स्पाइनल कार्ड (ढाँडको शल्यकृया) समेत गरिएको थियो ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद