एजेन्सी । चीनले अमेरिकी वाणिज्य मन्त्री विल्बर रोससमेत कयौँ अमेरिकी अधिकारी तथा नागरिकमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले हङकङमा केही चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाएको घोषणा गरेको केही समयमा नै चीनले यो कदम चालेको हो । चीनले अमेरिकी उपविदेश मन्त्री वेन्डी शर्मन चीनको यात्रामा जाने दिनमा नै यो घोषणा गरेको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले चीनको यो निर्णयलाई निरर्थक तथा निराशावादी भनेको छ ।
अमेरिकाले हङकण्ज्ञठण्मा चिनियाँ अधिकारीमाथि प्रतिबन्ध तथा त्यहाँ भएका प्रदर्शनमा उनीहरुको भूमिका रहेकाले लगाएको बताउँदै आएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-