काठमाडौं ९ साउन । लागु औषध कोकीन सहित ५ जनालाई लागुऔष्ध ब्युरोले पक्राउ गरेकोछ । काठमाडौं, महानगरपालका १६ पकनाजोलको होटलमा अबैध लागू औषध कोकिनको कारोवार गरिरहेको समयमा गोरखा घर भएका नागार्जुन बस्ने २९ वर्षीय मुकुन्द खड्का, काठमाडौं १६ बस्ने ३१ वर्षीय मन गुरूङ, ४० वर्षीय रेशमबहादुर राना, ३२ वर्षीय प्रहरी जवान एकराज गुरूङ , २८ वर्षीय नन्दलाल मान्त पक्राउ परेको लागुऔषध व्युरोले जानकारी दिएको छ ।
उनीहरु नक्कली सुनको कारोवारमा संलग्न भएको सुचनाको आधारमा प्रहरीले शुक्रबार पक्राउ गरेको थियो । उनीहरुबाट लागू औषध कोकिन ५०० ग्राम, सुन जस्तो देखिने पहेलो धातु २ थान जम्मा तौल २ किलो ४०० ग्राम भेटिएको ब्युरोले जानकारी दिएको छ । उनीहरु संग भेटिएको कोकिनको बजार मूल्य करिब एक करोड पचासलाख रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-