पोखरा ९ साउन । टोकियो ओलम्पिकअन्तर्गत नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमा पराजित भएकी छिन्।

शनिबार विहान महिला ४८ केजी तौल समूहमा सोनिया र रसियाका इरिना डोल्गोभाबीच अन्तिम ३२ मा प्रतिस्पर्धा भएको थियो।
जसमा सोनिया १ मिनेट १६ सेकेन्डसम्म प्रतिस्पर्धामा रहेकी थिइन्। विश्व वरीयताको नवौं स्थानमा रहेकी इरिनाले इप्पोनको आधारमा सोनियलाई पहिलो चरणमामै पराजित गरिन्।
प्रतिक्रिया लेख्नुहोस्:-