काठमाडौं ९ साउन। भक्तपुरको सुर्यविनायक न.पा. वडा नं. ७ गुण्डु स्थित सुर्यविनायक जंगलमा रहेको काफलको रुखमुनि मानव शरिरको जस्तो देखिने कंकाल हड्डी फेला परेको छ ।

काफलको रुखको कापमा पहेलो नाम्लो सहित हरियो नाइनलको डोरी झुण्डि रहेको सोही रुखको तल भुईमा मानवको जस्तो देखिने २ वटा लामो हड्डीहरु रहेको, रातो रंगको म्याजिक चप्पल र नजिकैको झाडीमा हिलो, माटो लागेको कपडाहरु इत्रतत्र छरिएर रहेको जगाती प्रहरीले जनाएको छ ।
घट्नाको मुचुल्का गरी उक्त कंकाल, हड्डीहरु संकलन गरी परीक्षणको लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको र घट्नाको थप अनुसन्धान कार्य भई रहेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-