पोखरा ९ असार । नेपालबाट टोकियो ओलम्पिकमा सहभागी पाँच खेलाडीमध्ये सुटिङकी कल्पना परियारले शनिबार बिहान प्रतिस्पर्धा गर्नेछिन् । परियारले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । उनले एक साताअघि नै जापान पुगेर अभ्यास थालेकी थिइन् ।
टोकियो ओलम्पिकमा पौडीबाट गौरिका, एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछिन् । सिंहले दोस्रो पटक ओलम्पिक खेल्न लाग्नुभएको हो भने अन्य चार खेलाडी पहिलोपटक ओलम्पिकमा सहभागी भएकी हुन ।

पौडीकी गौरिकाले पहिलोपटक सन् २०१६ मा रियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन्। नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद सागमा सिंहले पौडीमा चार स्वर्ण, दुई रजत र तीन कास्य पदक प्राप्त गरेकी थिइन् । उनले महिला १०० मिटर फ्रि स्टाइल तथा शाहले पुरुष १०० फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् ।
यसैगरी भट्टले महिला ४८ किलो तौल समूह तथा चौधरीले महिला १०० मिटर दौडमा सहभागिता जनाउनेछन् । टोकियो ओलम्पिक यही साउन २४ गते सम्पन्न हुनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-