विराटनगर ७ साउन । नेकपा एमाले मोरङको उर्लाबारी नगर कमिटीको विस्तारित बैठकस्थलमा तोडफोड भएको छ । उर्लाबारी नगरपालिका–८ स्थित एभरेष्ट फनपार्कमा हुने भनिएको बैठकस्थलमा बिहीबार बिहान ११ : ३० बजेतिर तोडफोड भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली ९संस्थापन० पक्षले नगर कमिटी घोषणा र सदस्यता नवीकरण गर्नका लागि भनेर बैठकको आह्वान गरेको थियो ।

बैठक दिउँसो १ बजेतिर सुरु गर्ने तयारी थियो । तर त्यसअघि नै आएको एउटा समूहले तोडफोड र हुलदंगा मच्चाएको एमाले उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले जानकारी दिए । उनका अनुसार बैठकस्थलमा तोडफोड गरेर कुर्सी, टेबल र झ्यालका सिसामा क्षति पुर्याइएको छ । बैठक विथोल्ने प्रयास स्वरूप तोडफोड गरिएको गौतमको भनाइ छ ।
प्रतिक्रिया लेख्नुहोस्:-