२०८३ साउन ३१, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खोप आयो पहुँचमा नै गयो

गण्डकी प्रेस
साउन ७, २०७८ ०७:०९ मा प्रकाशित
प्रमुख समाचार, शिक्षा/स्वास्थ्य, समाचार, समाज
जनगुनासो : जता पहुँच उतै खोप
15
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं ७ साउन। नेपालमा उमेर, वर्ग र पेसाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ। तर, लक्षित समूहमा रहेका नागरिकले सहज रूपमा खोप लगाउन पाएका छैनन्। घण्टौं लाम लागे पनि ज्येष्ठ नागरिक नै त्यत्तिकै घर फर्किएका थुप्रै उदारहण छन्। पहुँचवालाले भने सहजै घरमै पनि खोप लगाउन पाएका छन्।

खोपको आसमा रहेका ७२ प्रतिशत नागरिकलाई खोपमा पहुँच पुर्‍याउन धौ–धौ देखिएको छ। विश्वभर साढे ३ अर्बभन्दा बढी व्यक्तिले खोप लगाउँदा नेपालमा ४.३ प्रतिशतले मात्र पाएको देखिन्छ। कोरोना भाइरसबाट जोगिन १८ वर्षभन्दा माथिका नागरिकको नजर खोपमै केन्द्रित छ। देशव्यापी रूपमा २९ असारदेखि खोप अभियान सञ्चालन गरिए पनि कतिपय जिल्लामा स्थगन गरिएको छ।

मुलुकभर जारी अभियानमा तीन किसिमका खोप लगाइएको छ। कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोभिसिल्डको पहिलो डोज लगाउनेको संख्या १८ लाख २८ हजार ४ सय ८४ छ। दोस्रो डोज पाउनेको संख्या ४ लाख ६० हजार ७ सय ३४ छ। १४ लाख २३ हजार ४ सय ४७ जनाले भेरोसेलको पहिलो डोज लगाएका छन्। भेरोसेलको दोस्रो डोज पाउनेको संख्या ६ लाख ८२ हजार ३ सय ९२ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार पछिल्लो समय सञ्चालन भइरहेको जोन्सन एन्ड जोन्सन एक डोज मात्र लगाए पुग्छ। ८१ हजार ३ सय ५२ जनाले यो खोप लगाएका छन्।

धेरैभन्दा धेरै नागरिकलाई खोप लगाउन नसके तेस्रो लहरको जोखिम झन् बढ्ने विज्ञहरू बताउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेलका अनुसार कोरोना परीक्षण पनि न्यून गर्ने र खोपमा पनि ढिलाइ गर्दा संक्रमण झन् बढ्ने जोखिम हुन्छ। सहप्रवक्ता डा अधिकारीका अनुसार अहिले औसत संक्रमणदर २२ प्रतिशत छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख डा अनुप बाँस्तोला निषेधाज्ञा खुकुलो भएसँगै कोरोना पुष्टि हुनेको संख्या क्रमश: बढ्दै गएको बताउँछन्। ‘हरेक दिन १५ देखि २० जना व्यक्ति कोरोना संक्रमणको लक्षणसहित आइरहेका छन्। तीमध्ये ७ देखि १० जनालाई भर्ना गर्नुपरिरहेको छ’, डा। बाँस्तोला भन्छन्, ‘अस्पतालको शय्या खाली हुन पाएको छैन।’

खोप केन्द्र संक्रमणको थलो

मुलुकभरका ५ हजारभन्दा बढी खोप केन्द्रमा भीडभाड देखिन्छ। भौतिक दुरी कायम नगर्ने, हतार गर्ने प्रवृत्तिले खोप केन्द्र नै संक्रमणको थलो हुने जोखिम बढाएको छ। खोप लगाएर फर्केको केही दिनपछि ज्वरो आउने, खोकी लाग्नेलगायत लक्षण देखिएको डा। बाँस्तोला सुनाउँछन्। ‘खोप अभियान चल्दै गर्दा ती ठाउँमा सुरक्षाका मापदण्ड नअपनाएका कारण खोप लगाएको पाँच–छ दिनपछि कोरोना संक्रमणका लक्षण लिएर अस्पताल आउने क्रम जारी छ’, डा. बास्तोला भन्छन्।

खोपको स्थानीय व्यवस्थापन र सूक्ष्म योजनाको समन्वय प्रदेश र सोमातहतका सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय सरकारले गर्छन्। तर, अहिले प्रभावकारी समन्वय नहुँदा खोप केन्द्र भद्रगोल बनेका हुन्। मन्त्रालयले यथेष्ट खोप केन्द्रको व्यवस्था गर्न, खोप दिने जनशक्ति व्यवस्थापन गर्न अपिलसमेत गरेको छ। ‘सबैको पालो आउँछ। पालो नभएको बेला भीडभाड नगरौं। खोप केन्द्रमा धेरै भीडभाड भए संक्रमण हुनसक्छ’, सहप्रवक्ता डा अधिकारी भन्छन्।

खोप लगाउन आउनेको संख्या धेरै भएकाले व्यक्ति व्यक्तिबीचको भौतिक दूरी कायम हुन सकेको छैन। खोप लगाइसकेपछि खोप केन्द्रमा २ मिटर दूरी कायम राखेर आधा घण्टा बस्नुपर्ने हुन्छ। सम्भव भएसम्म स्यानिटाइजर साथमै बोक्ने र कुनै पनि सतह छुनेबित्तिकै हात सफा गर्नुपर्छ। ‘लाइनमा बसेर दूरी कायम गरी आफूलाई संक्रमणबाट जोगाउनु अपरिहार्य छ। स्वास्थ्य मापदण्ड तोडेपछि आउँदा दिन कठिन हुनेछ। तेस्रो लहरको संक्रमणमा पर्ने जोखिम छ’, डा बास्तोला भन्छन्, ‘खोप लगाइसकेपछि अब मलाई केहि हुँदैन भन्ने सोचेर स्वास्थ्य मापदण्ड नअपनाउँदा खोप लगाएका व्यक्तिहरू पनि सिकिस्त संक्रमित भएर अस्पतालमा भर्ना हुने संख्या जारी छ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले हालै मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई खोप कार्यक्रम व्यवस्थित गर्न निर्देशन दिएका थिए। अत्यधिक भीडभाड भएको र कतिपय स्थानमा लक्षित समूहले खोप प्राप्त नगरेको पाइएपछि प्रधानमन्त्री देउवाले उनीहरूलाई बोलाएका थिए।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार विश्वव्यापी रूपमा सफल भएका र गुणस्तरीय खोप नै नेपाल ल्याइएको छ। खोपको गुणस्तर कायम राख्दै खोप अभियान चाँडो सक्न प्राथमिकतामा राखेको डा अधिकारीको भनाइ छ। जसमा विश्व स्वास्थ्य संगठन डब्लूएचओले मान्यता दिएका खोपहरू मात्र ल्याएर प्रयोग गरिने उनी बताउँछन्।
‘१८ वर्षभन्दा माथिका व्यक्तिका लागि बनाइएका खोप ल्याएर ७२ प्रतिशत जनसंख्यालाई लगाउने तयारी छ’, उनी भन्छन् । उनका अनुसार १२ देखि १८ वर्षसम्मका व्यक्तिको हकमा अरु मुलुकमा सफल भएका खोप प्रयोग गर्न सकिने गरी योजना बनाइँदै छ।

खोप विज्ञ श्यामराज उप्रेतीका अनुसार कोभिसिल्ड खोप लगाएपछि ७६ प्रतिशत संक्रमणबाट जोगाउँछ भन्ने छ। ‘तीनवटै खोपले अस्पतालमा भर्ना हुने दर र मृत्यु हुने दर घटाएको पाइएको छ’, उनी भन्छन्। भेरोसेलको ७९ प्रतिशत प्रभावकारी मानिएको छ। त्यस्तै, जोन्सन एन्ड जोन्सनको ६६ प्रतिशत प्रभावकारी देखिएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

सम्बन्धित समाचार

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक
प्रमुख समाचार

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न
प्रमुख समाचार

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

चर्चित खबरहरु

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

बेसिशहर नगर युवा परिषद कार्यकारी समितिको अध्यक्षमा निश्चल पाण्डे

बेसिशहर नगर युवा परिषद कार्यकारी समितिको अध्यक्षमा निश्चल पाण्डे

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 

योजना छन्, कार्यान्वयन गर्ने मौका दिनुस्ः लामिछाने

योजना छन्, कार्यान्वयन गर्ने मौका दिनुस्ः लामिछाने

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा ९ शव फेला

लोहोरोले हानेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

२० हजार ८ सय १५ क्याप्सुल नियन्त्रित औषध सहित ५ जना पक्राउ

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु