काठमाडौं ७ साउन । सरकारले चीनसँग किनेको खोप लिन नेपाल वायुसेवा निगमको जहाज बुधबार बेइजिङ गएको छ । कोभिड–१९ विरुद्ध न्यूनतम १० लाख डोज साइनोफार्म खोप उक्त आज बिहिबार जहाजले ल्याउने छ ।
जहाज बिहीबार राति नै पुन: न्यूनतम १० लाख डोज खोप ल्याउन बेइजिङ जानेछ । शुक्रबार बिहान खोप ल्याएर काठमाडौं आइपुग्ने छ । थप खोप ल्याउन निगमको जहाज आगामी शनिबार पुन: बेइजिङ जाने तयारीमा छ । तीन उडानमार्फत चीनबाट ३२ लाख खोप ल्याइने भएको छ । नेपालले नन–डिस्क्लोजर सहमतिअनुसार ४० लाख डोज खोप खरिद गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल आइसकेको छ । अनुदान, खरिद र कोभ्याक्स संयन्त्रमार्फत नेपालले खोप प्राप्त गरेको हो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-