काठमाडौँ ४ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बस्ने बैठकमा पार्टी विवाद, संगठन निर्माण र विधान अधिवेशनका विषयमा छलफल हुने भनिएको छ ।
एमाले साउनको अन्तिममा विधान अधिवेशन गर्ने तयारी गरेपछि त्यसको तयारीमा आजको बैठक केन्द्रित हुनेछ ।
यसअतिरिक्त स्थायी कमिटी बैठकको निर्देशन अवज्ञा गर्दै आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा मत नहालेका ३२ सांसदलाई के गर्ने भन्नेबारे पनि आजको बैठकमा छलफल पनि हुने छ ।
प्रतिक्रिया लेख्नुहोस्:-