काठमाडौं १ साउन । हाडनाता करणी मुद्दाका फरार अभियुक्त मोरङ रङ्गेली नगरपालिका ३ बस्ने ४६ वर्षीय रोहित विश्वकर्मालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
हाडनाता करणी मुद्दामा उच्च अदालत बिराटनगरको २०७४ असार २८ गतेको फैसलाले १७ वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय वेरुजू रही फरार रहेका उनलाई मोरङ अमरदह नगरपालिका १ खैरबारीबाट फेला पारी उक्त ब्यूरोले पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत मोरङ पठाईएको उक्त ब्यूरोले जनाएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-