काठमाडौँ — अघिल्ला तीन जस्तै बुधबार पनि नेप्सेले सोही प्रवृत्ति पछ्याइ छ कारोबार लगातार घटेको छ । यसअनुसार बुधबार करिब १७ अंक घटेर समग्र नेप्से २ हजार ८ सय १.१३ अंकमा ओर्लिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से ०.६० प्रतिशतले कम हो । गत आइतबार करिब साढे ६, सोमबार करिब १२ र मंगलबार ५.२४ अंकले नेप्से घटेको थियो ।

मंगलबारको तुलनामा बुधबार भने कारोबार रकममा सामान्य सुधार भएको छ । बुधबार करिब ४६ हजार २ सय कारोडबारबाट २ सय २२ कम्पनीका १ करोड १६ लाख ६४ हजार २ सय ७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको भन्दा बढी हो ।
मंगलबार करिब ४६ हजार कारोबारबाट २ सय २० कम्पनीका १ करोड १ लाख ३५ हजार २ सय ९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । सोमबार ४ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यसअघि नेप्से निरन्तर बढिरहँदा दैनिक करिब २० अर्ब रुपैयाँसम्म कारोबार भएको छ । जुन समयमा नेप्से ३००० माथि पुगेकाे छ ।
नेप्से घटेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि घटेर ३८ खर्ब ९६ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यस्तो पुँजीकरण ३९ खर्ब २० अर्ब रुपैयाँ थियो । कोभिड–१९ को कारणले सिर्जित लकडाउनका कारण अर्थतन्त्रका अन्य गतिविधि ठप्प भएकाले लगानीकर्ता सेयर बजारमा भित्रिएका थिए । यही कारण सेयर बजारले उच्च गति लिएको थियो । अघिल्लाे बर्षहरुमा पनि आर्थिक वर्ष अन्तिम साता सेयर बजारमा उत्साह देखिने गरेकाे जस्तै अहिलेकाे आर्थिक वर्षको अन्तिम साता पनि सेयर बजारमा उत्साह नदेखिएको जानकारहरू बताउँछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-