एजेन्सी । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले मंगलवार पाकिस्तानी संसदको परराष्ट्र मामिला समिति सभापति शेरी रेहमानसँग भेटवार्ता गरेका छन् । पाकिस्तानका परराष्ट्रमन्त्री, अर्थमन्त्रीसहित उच्च राजनीतिक तहमा भेटवार्ता गर्दै आएका राजदूत अधिकारीले प्रतिपक्षी दलकी नेतृसमेत रहेकी रेहमानसँग शिष्टाचार भेट गरेका हुन् ।

रेहमान प्रतिपक्षी पाकिस्तान पिपुल्स पार्टी संसदीय दलकी नेतासमेत हुन् । भेटवार्तामा नेपाल पाकिस्तान सम्बन्ध, सार्क लगायतका विषयमा छलफल भएको नेपाली दूताबासले जनाएको छ ।
‘शिष्टाचार भेटमा हामीले नेपाल पाकिस्तान सम्बन्ध, सार्क तथा क्षेत्रीय सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल गरेका छौं’ राजदूत अधिकारीले भेटवार्ताबारे भनेका छन्, ‘यसैगरि, हामीले दुवै देशको सम्बन्ध थप सुदृढ गर्न संसदबीच सहकार्य बढाउनुपर्ने, द्धिपक्षीय व्यापार, लगानी, पर्यटन, सांस्कृतिक सहकार्य, जनस्तरीय सम्पर्क बढाउनुपर्ने, द्धिपक्षीय आदनप्रदान हुनुपर्ने विषयमा छलफल गरेका छौँ ।’
प्रतिक्रिया लेख्नुहोस्:-