काठमाडौं २३ असार । पूर्व राजा ज्ञानेन्द्र शाहको आज जन्मदिन परेको छ । पूर्व राजा शाह आजबाट ७५ बर्षमा लागेका छन्। कोरोना संक्रमणका कारण यसबर्ष आफ्नो जन्मदिन उनले नमनाउने भएका छन् । केही समयअघि उनले यस बर्ष आफ्नो जन्मदिन नमनाउने बताएका थिए ।

मुलुक कोरोनाबाट आक्रान्त रहेको बेला जन्मदिन मनाउनु राम्रो नहुने भन्दै उनले यसबर्षको जन्मदिन नमनाउने बताएका छन् । जन्मदिनमा उनलाई शुभकामना भने आइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-