काठमाडौं २२ असार । पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठित एमाले कार्यदलको बैठक औपचारिक विषवस्तुमा प्रवेश गरेको छ ।

मंगलवार बसेको दोस्रो दिनको बैठकमा मूल विषयमा बुँदागत छलफल शुरू भएको सचिव गोकर्ण विष्टले जानकारी दिए । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मंगलवार ३ घण्टा छलफल भएको थियो । कार्यदलमा संस्थापन पक्षका तर्फबाट सुवास नेम्वाङ र माधव नेपाल पक्षबाट भीम रावलले नेतृत्व गरिरहेका छन् । अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबाट संयुक्त वक्तव्य आउने भनिएपनि मंगलवारको बैठकमा त्यसबारे छलफल नभएको नेता रघुजी पन्तले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-