सिरहा, २२ असार । भगवानपुर गाउँपालिका १ स्थित सडकबाट करिब ९ किलो ७ सय ग्राम चाँदी जस्तो देखिने धातुका गहाना सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा झापा दमक नगरपालिका ३ बस्ने २८ बर्षीय मन प्रसाद गदाली र सिरहा गोलबजार नगरपालिका ३ बस्ने २७ वर्षीय श्याम विक रहेका छन् । प्र २.००४४ प १३२१ नम्बरको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले झोलामा लुकाई राखेको उक्त धातुका गहना सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्:-