काठमाडौं २२ असार । आज मंगबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार हुने भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
सोमबार प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-