काठमाण्डौ २१ । नेपाल पत्रकार महासङ्घ र शिक्षा पत्रकार सञ्जाल इजोनले पत्रकारमाथि भएको आक्रमणको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
मनोमानी शुल्क असुलेको समाचार सङ्कलनका क्रममा प्राइम टेलिभिजन र एभिन्युज टेलिभिजनका पत्रकारमाथि पिङ्गलास्थानमा रहेको प्यारागन पब्लिक स्कुलको व्यवस्थापनले नियोजित रूपमा आक्रमण र क्यामेरा तोडफोड गरेको घटनाप्रति पत्रकार महासङ्घ र इजोनले ध्यानाकर्षण भएको जनाएको हो ।

प्राइम टीभीका पत्रकार दीपक अर्याल र सुन्दरबहादुर गुरुङ तथा एभिन्युज टीभीका पत्रकार सरोज पौडेल, सुरेश रजक र शीतल रिजालमाथि भएको आक्रमणको निन्दा गर्दै तोडफोड भएका सामग्रीको क्षतिपूर्तिका लागि सम्बन्धित विद्यालयसँग माग गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-