पोखरा २१ असार । गण्डकी प्रदेश नीति तथा योजना आयोगमा तनहुँ म्याग्देका डा. सुवास अधिकारी नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आयोग सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सदस्य अधिकारीलाई आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले सोमबार सपथ ग्रहण गराए । आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री कुमार खड्काको उपस्थितिमा उपाध्यक्ष काफ्लेले सपथ गराएका हुन् । सपथमा मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोला, मन्त्रालयका सचिव लगायत सहभागी थिए
३८ वर्षे अधिकारी युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेजबाट वातावरण विज्ञानमा विद्यावारिधि हुन् । उनी भारतको बैंगलोर युनिभर्सिटी भारतबाट माइक्रो बायोलोजीमा स्नातक गरेका छन् । युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेजबाट एक्सलेन्ट इन्टरनेसनल स्टुडेन्ट अवार्ड समेत प्राप्त गरेका छन् । उनीसँग जनप्रिय बहुमुखी क्याम्पस पोखराको माइक्रोबायोलोजी र बायोलोजी विभाग प्रमुखको कार्यानुभव छ । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा विज्ञान प्रविधि तथा अन्य विषयहरुमा अनुसन्धानमूलक दर्जनौं लेख प्रकाशन गरेका छन् ।
आफ्नो अध्ययनको क्षेत्र अनुसार अनुभवको प्रयोग गर्दै प्रदेशलाई अझ अब्बल बनाउने प्रतिबद्धता उनले जनाएका छन् । आयोगमा असार ५ गते नै उपाध्यक्षमा तनहुँका डा. रघुराज काफ्ले नियुक्त भएका छन् । ३ सदस्यीय आयोगमा १ पद अझै खाली नै छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८


























प्रतिक्रिया लेख्नुहोस्:-