चितवन २१ असार । ९ दिनदेखि बेपत्ता युवतीको हत्या भएको भन्दै स्थानीयले विरोधमा चितवनको भण्डारास्थित महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन् । तत्काल दोषी पत्ता लगाई कारबाही गर्न उनीहरूले माग गरेका छन् ।

पूर्वी चितवनको भण्डारास्थित धमिले जंगलमा आइतबार साँझ युवतीको शव भेटिएको थियो । उक्त शव राप्ती नगरपालिका–३ प्रगतिचोककी २२ वर्षीया सुजिता भण्डारीको रहेको भन्दै आफन्तले सनाखत गरिसकेका छन् ।
वडा नम्बर ३ का अध्यक्ष राजकुमार उप्रेतीका अनुसार शव पुरानो भइसकेकाले पहिचान गर्न नसकिने अवस्थाको थियो । भण्डारी असार ११ गतेदेखि हराइरहेकी थिइन् । ‘भण्डारीकी दिदी र भाइ आएर हेरेका थिए । लगाएको कपडा र दाात हेरेपछि शव सुजिताकै भएको उनीहरूले बताएका छन्,’ उप्रेतीले भने । आफन्तका अनुसार बेपत्ता हुनुअघि सविताले आत्तिादै परिवार सदस्यलाई सम्पर्क गरेकी थिइन् ।
चितवन प्रहरीका एसपी ओम अधिकारीले शवनजिकै झोला भेटिएको र त्यसकै आधारमा उक्त शव सुजिताकै रहेको भनी दिदीले पहिचान गरेको बताए । अधिकारीका अनुसार दिदीले उक्त झोला आफूले पसलबाट सामान किन्दा ल्याएको बताएकी छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-