काठमाडौँ २० असार। सरकारले चीनबाट खरिद गरेर खोप ल्याउने तयारी अघि बढाएको छ । स्वास्थ्य मन्त्रालयले नेपाल वायुसेवा निगमलाई दिएको निर्देशन अनुसार सरकारले ३० लाख डोज खोप ल्याउन तयारी गरेको हो ।
नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले ३० लाख डोज खोप ल्याउनका लागि विभिन्न तीन मिति प्रस्तावित गरिएको बताएका छन् ।
उनका अनुसार जुलाई ८मा पहिलो उडान, जुलाई १५मा दोस्रो र जुलाई २२ मा तेस्रो उडानका लागि प्रस्तावित गरिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्:-