एजेन्सी । १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । आफ्नै ३ जना छिमेकीले उनको खेतमा लगि बलात्कार गरेका हुन् ।
यो घटना भारतको राजस्थानको हो । बालीका गोठमा गएको बेला उनको बलात्कार भएको बालिकाले बयान दिएकी छिन् ।
पिडित बालिकाका अनुसार उनको बाबा ड्राइभर हुन् र आमा मजदुर । दुबै जना कामको सिलसिलामा घरमा थिएनन् । उनी आफ्नो भाइ र हजुरआमासँग बसेकी थिइन् । उनी गोठमा काम गरिरहेका बेला छिमेकी आजाद खान, जफ्फर खान, वसीम खानले उनलाई खेतमा लगी बलात्कार गरेका थिए । बलात्कार पछि बालिकालाई उनीहरुले घटनाको बारेमा कसैलाई बताए ज्यान मार्ने घम्की दिएका थिए । बालीकाले डरका कारण २ दिनसम्म कसैलाई बताइनन् । तर पछि उनले घटनाबारे आफ्नो परिवारलाई बताएपछि उनीहरुले प्रहरीकोमा उजुरी दिएका थिए । उजुरी पछि प्रहरीले ३ जनालाई पक्राउ गरि थप अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-