एजेन्सी । साढे दुई दशकपछि इग्ल्यान्ड र डेनमार्क युरो कपको सेमिफाइनलमा प्रवेश गरेका छन्।
गएराति युक्रेनलाई ४(० ले हराउँदै इग्ल्यान्ड र चेक रिपब्लिकलाई २/१ ले हराउँदै डेनमार्क सेमिफाइनलमा पुगेका हुन्। अर्को दुई टोली स्पेन र इटाली यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन्।
गएराति भएको खेलमा युक्रेन पराजित गर्दै इंग्ल्यान्ड २५ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो। इंग्ल्यान्डका लागि ह्यारी केनले दुई तथा ह्यारी मगुयर र जोर्डन हेन्डरसनले एक/एक गोल गरे। खेलको पाँचौं मिनेटमा रहिम स्टर्लिङको पासमा केनले गोल गरेका थिए। त्यसपछि दोस्रो हाफको सुरुआतमै मगुएरले गोल गरे। खेलको ५०औं मिनेटमा शकै पासमा केनले दोस्रो गोल थपे भने ६३औं मिनेटमा हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई ४(० को अग्रता दिलाए।
यसअघि भएको खेलमा चेकलाई पराजित गर्दै डेनमार्क २९ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो। सन् १९९२ मा युरोकप उपाधि जितेयता डेनमार्क सेमिफाइनलमा पुग्न सकेको थिएन। डेनमार्कका लागि थोमस डेलानी र कास्पर डोलबर्गले तथा चेकका प्याट्रिक सिकले गोल गरे। डेनमार्कले खेलको पाँचौं मिनेटमै डेलानीको गोलमार्फत अग्रता लिएको थियो। त्यस्तै, खेलको ४२औं मिनेटमा डोलबर्गले डेनमार्कका लागि दोस्रो गोल गरे।
दोस्रो हाफको ४९औं मिनेटमा सिकले चेकका लागि गोल गरेका थिए। त्यसपछि लगातार खेलमा दवाव बनाए पनि चेकले गोल थप्न सकेन। अब फाइनल प्रवेशका लागि डेनमार्क र इग्ल्यान्ड तथा स्पेन र इटाली भिड्नेछन्।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
प्रतिक्रिया लेख्नुहोस्:-