पोखरा १८ असार । नार्पाभूमि गाउँपालिकास्थित मस्र्याङ्दी नदीको पुल भासिएको छ । लगातारको वर्षासँगै आएको बाढीले पुल भासिएको हो । पुल भासिदा अहिले खाद्यान्न ढुवानी गर्नमा समस्या भएको छ ।
यही असार महिनाको शुरुआतदेखि परेको अविरल वर्षाका कारण मस्याङ्दी नदीमा आएको बाढीपहिरोले नार्पाभूमि २ स्थित झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष मिङ्माछिरिङ लामाले जानकारी दिए ।

उनले भने “असार महिनाको शुरुआतदेखि आएको अविरल वर्षाले जिल्लामा वितण्डा नै मच्चायो , जिल्लाको सबैभन्दा विकट क्षेत्र नार्पा हो । यहाँ सवारी आवगमन हुदैँन, पैदल , घोडा र गधाको भरमा सदरमुकाम चामेबाट खाद्यान्न ढुवानी गरिन्छ । अहिले मस्र्याङ्दीको बाढीले नार्पा जोड्ने एक मात्र मुख्य माध्यम रहेको कोतोमा झोलुङ्गे पुल भासिएपछि समस्या उत्पन्न भएको छ ।”
प्रतिक्रिया लेख्नुहोस्:-